Comments Add Comment

आमाको संझनामा भक्कानिइन् जल शाह (फोटो फिचर)

नायिका जल शाह अहिले काठमाण्डौमा छिन् । छोरी कलश शाह र श्रीमान् शरदकुमार रिमालको साथमा नेपाल आएकी जल शाह आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा भावूक देखिइन् । जल शाहकी आमा प्रेमा शाहको बार्षिकीमा आयोजित कार्यक्रममा जलका आँखाबाट आँशु रसाएका थिए ।

साहित्यकार समेत रहेकी प्रेमाको गतबर्ष पौष ५ गते अमेरिकामा निधन भएको हो । आमालाई संझदै गर्दा जलले लामो वाक्य बोल्न सकिनन् । उनले, आमाको बार्षिकीमा उपस्थित सबैलाई धन्यवाद मात्र दिन सकिन् । कार्यक्रममा जलकी आमा प्रेमा शाहको बिषयमा तयार पारिएको भिडियो प्रदर्शन गरिएको थियो । प्रेमा शाह नेपाली साहित्यको एक सफल व्यक्ति रहेको विभिन्न साहित्यकारहरुले कार्यक्रममा चर्चा गरेका थिए ।

जलकी छोरी कलशले हजुरआमाको बायोग्राफी लेख्न आफूलाई मन लागेको सुनाइन् । उनले, अझै पनि आफ्नी हजुरआमा आफूसँग नै रहेको जस्तो लाग्ने गरेको बताएकी थिइन् । नेपाली चलचित्र क्षेत्रमा कुनै समयकी चर्चित नायिका शाह अहिले अमेरिकामा छिन् । अमेरिकामा रहेतापनि जलले आफूलाई नेपाली चलचित्रप्रति सधै नै मोह रहेको बताउँदै आएकी पनि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment