+
+

कांग्रेसमा अब ८ सहमहामन्त्री, केन्द्रीय समिति १७१ सदस्यीय

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ७ गते ४:३०

६ पुस, काठमाडौं । नेपाली कांग्रेसमा सहमहामन्त्री ८ जना हुने भएका छन् । यससँगै पदाधिकारीको संख्या १४ हुनेछ, जसमा कोषाध्यक्ष मात्र मनोनित र बाँकी सबै निर्वाचित हुनेछन् ।

महासमिति बैठकमा व्यस्त रहेको कांग्रेसका शीर्ष नेताहरुबीच पदाधिकारीबारे पटकपटक सहमति गर्ने र भाँडिने हुँदै आएको छ । शुक्रबार विहान अब उपसभाति र महामन्त्री २/२ जना र सहमहामन्त्री ७ जना हुने सहमति जुट्यो । सहमहामन्त्री समावेशी थियो ।

महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु, मुस्लिमलाई आरक्षण दिने सहमति भएको थियो ।

तर, संविधानमा भएको अल्पसंख्यक तथा पिछडिएको क्षेत्र छुटेको भन्दै असन्तुष्टि आएपछि एक समहामन्त्री थपिएको छ । अब संविधानले तोकेको ८ वटै क्लस्टरबाट सहमहामन्त्री हुनेछन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय कार्यसमितिको आकार पनि बढेको छ । अब १७१ सदस्यीय हुनेछ ।

यसअघि १६१ मा सहमति भएको थियो । नेताहरुबीच भएको सहमतिअनुसार महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव राखेको छ ।

अहिले बैठक जारी छ । केन्द्रीय समितिले अनुमोदन गरेपटि विधान महासमिति बैठकमा पेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?