Comments Add Comment

विष्णु पौडेलको मागः सुरेन्द्र पाण्डेले आत्मालोचना गर्नुपर्छ

७ पुस, काठमाडौं । मुख्यमन्त्री र प्रदेश इञ्चार्जको दोहोरो जिम्मेवारीलाई दिएर सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुबीच आरोप प्रत्यारोप जारी छ ।

नेकपाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इञ्चार्जको जिम्मेवारी पनि दिएको छ । मापदण्ड विपरित भएको भन्दै माधवकुमार नेपाल पक्षधर नेताहरुले विरोध गरेका छन् ।

जारी स्थायी कमिटी बैठकमा पोखरेलले मुख्यमन्त्री छाड्ने तर, राजनीतिक जिम्मेवारी नछाड्ने बताए । साथै आफूले प्रदेशमा जान नचाहेको तर, कृष्णबहादुर महरा दाङ २ बाट उठ्नु पर्ने भएपछि बाध्यताले गएको र राजनीतिक जिम्मेवारी दिने बचन अध्यक्षद्धयले दिएको पोखरेलले बताएका थिए ।

तर, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पोखरेलमाथि इमोशनल ब्लाकमेलिङ गरेको टिप्पणी गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै योगेश भट्टराईलाई मन्त्री बनाउँछु भनेको प्रतिवद्धता त पुरा नभएको भन्दै उनले बन्द कोठाभित्र के सहमति भयो भन्ने अर्थ नहुने धारणा राखे ।

शनिबारको बैठकमा महासचिव विष्णु पौडेलले पाण्डेले आत्मालोचना गर्नुपर्ने माग राखे । आफ्नो कमजोरी स्वीकार गर्दै पाण्डेले शब्ल फिर्ता लिनुपर्ने पौडेलको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment