Comments Add Comment

कांग्रेसलाई प्रचण्डको प्रश्नः ‘पिता’लाई स्वर्गबाट झार्न खोजेको हो ?

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा असन्तुष्टि जनाएका छन् ।

कांग्रेसले अतिवादलाई लिएर राजनीति गरेर राजनीतिक स्पेश पाइन्छ भन्ने ठानेको भए दुर्भाग्य हुने उनको टिप्पणी छ । उनले कांग्रेस नेताहरुलाई बीपीले धर्मबारे के भनेका थिए, कस्तो संस्कार अपनाएका थिए र गिरिजाप्रसाद कोइराला कसरी धर्मनिरपेक्षताको पक्षमा उभिएका थिए भनेर सोच्न आग्रह गरे ।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मूख्य खम्बा भएको भएको भन्दै उनले भने, ‘चार मध्ये एउटा खम्बालाई कमजोर पार्नुभयो भने घर ढल्न सक्छ । तपाईहरुले घर ढालेर अहिले तुरुन्तै अर्को विकल्प सोचेको हो र ?

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लामो संघर्ष र सबैभन्दा लोकतान्त्रिक विधिबाट संविधान बनाएको र त्यसको नेतृत्व कांग्रेस गरेको स्मरण गराए । ‘सुशील कोइरालालाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समोवशीतासहित संविधान निर्माणको पिता भनेर कांग्रेसले शायद केन्द्रीय समितिबाटै निर्णय गरेको छ । पिता त अब स्वर्गमा हुनुहुन्छ, त्यो पितालाई स्वर्गबाट झार्न खोजेको हो र ?’ उनले भने ।

कम्युनिस्टहरुले राज्यलाई धर्मबाट अलग गर्न चाहेको र बीपी कोइरालाले स्थापना गरेको कांग्रेसले हिन्दु राज्यको पक्षमा वकालत गर्न नसुहाउने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment