Comments Add Comment

काठमाडौंलाई स्मार्ट बनाउन महानगरले पायो २० सुझाव

८ पुस, काठमाडौं । पहिलो पटक शुुरु गरिएको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म २० सुझाव परेको छ ।  काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी गत मंसिर २६ गतेदेखि शुरु गरेका प्रतिस्पर्धामा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ ।

काठमाडौँको समस्या पहिचान गरी निराकरण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा, २०७५’ शुरु गरेको हो । प्रतिस्पर्धाका लागि समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार विषय समेटिएका छन् ।

विषयमा रही महानगरलाई थप समृद्ध बनाउन जो कोही व्यक्ति वा संस्थाले आफ्नो क्षमता देखाउन सक्नेछन् ।  कामपाले प्रतिस्पर्धाका लागि इमेल ठेगाना www.kathmanduchallenge.org मा लगअन गरी फाराम भर्न सकिने जनाएको छ । पहिलो चरणको फारामको ३२ दिनको समय दिइएको छ ।

कामपा सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतका अनुसार छनोट गरिएका सबै विषयमा सुझाव आउने क्रम जारी छ ।  प्रतिस्पर्धालाई विभिन्न छ चरणमा विभाजन गरी सम्पन्न गर्ने आयोजकको तयारी छ ।

सबै चरण समापन गर्न करिब छ महीनाको समय निर्धारण गरिएको पनि कामपाले जनाएको छ ।  नवीन सोचसहित विषयको आधारमा उत्कृष्ट ठहरिएका व्यक्ति वा संस्थालाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।

प्रतिस्पर्धामा भाग लिन नेपाली नागरिकले विश्वको जुनसुकै स्थानमा रहेर पनि यसको फाराम भर्न सक्नेछ । सङ्कलन भएका सुझावहरूबाट काठमाडौँको समस्या समाधान गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment