Comments Add Comment

चालु आर्थिक वर्षमा साढे ५८ लाखलाई राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

८ पुस, विराटनगर । सरकारले चालु आर्थिक वर्षमा मुलुकभरका १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ ।

पाँचथर जिल्लाबाट वितरण सुरु भएको राष्ट्रिय परिचय पत्र चालु आर्थिक वर्षमा सातै प्रदेशका १५ जिल्लाका १५६ स्थानीय तहका एकहजार ४०२ वडाका ५८ लाख ५४ हजार २९४ जनालाई वितरण गर्ने बताइएको छ ।

पहिलो चरणमा चालु आर्थिक वर्षमै प्रदेश १ का झापा, संखुवासभासहित सप्ततरी, महोत्तरी, ललितपुर, रसुवा, चितवन, स्याङजा, तनहुँ, कपिलबस्तु, गुल्मी, सल्यान, जम्ला, अछाम र कञ्चरपुरमा वितरण गरिनेछ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकण विभागले विराटनगरमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय परिचयपत्रबाट सबै प्रकारका बैकिङ तथा प्रशासनिक कामका लागि प्रयोग गर्न सक्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए ।

आर्थिक वर्ष ०६७/६८ को निति तथा कार्यक्रमबाट प्रविधिमा आधारित परिचयपत्र वितरणको व्यवस्था गरिएको निर्देशक काफ्लेले बताए ।

गलत मनसाय राखेर विवरण सच्याए १० वर्षसम्मको जेल सजायको व्यवस्था रहेको छ । उक्त कार्यक्रममा संलग्न अधिकारी पनि कारबाहिको भागिदार हुने उनले जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राइले राष्ट्रिय परिचय पत्र कार्यान्वयमा आएपछि भ्रष्टचार मुक्त, अपराध मुक्त देश निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

प्रदेश १ का जिल्लामा परिचय पत्र वितरणका लागि प्रदेश सरकर सहयोगी भूमिका रहने बताए । डिजिटल प्रदेश निर्माणमा पनि यसको सहयो महत्वपर्ण रहने बताए ।

अन्तरक्रिाया कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु लगायतको सहभागिता रहेको थियो ।

सरकारले अघिल्लो आर्थिक वर्षमा पहिलो चरणमा पाँचथर जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गरेको थियो । जिल्लाका एक लाख १० हजार जिल्लावासीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको थियो ।

त्यसैगरी सिंहदरवार भित्र कार्यरत विशिष्ट व्यक्ति र कर्मचारी गरी थप १० हजारलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसकिएको छ । सरकारले अहिलेसम्म कुल १ लाख १७ हजारलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसकेको जनाएको छ ।

सरकारले सवै भन्दा पहिले १ सय २ बषिर्या भगवतीदेवी भण्डारीलाई पहिलो राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो ।

भण्डारीले सोही कार्यक्रममा गृहमन्त्री रामबहादुर थापालाई पनि राष्ट्रिय परिचय पत्र वितरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment