Comments Add Comment

२४ लाखसहित दुईजना हुण्डी कारोवारी पक्राउ

८ पुुस, विराटनगर । हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ २४ लाख बोकेर आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

आइतबार भारतबाट कारको डिकीमा लुकाएर ल्याउँदै गरेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले विराटनगर- १० रोडशेष चोकबाट पक्राउ गरेको हो ।

भारतबाट आउँदै गरेको बीआर३८एच ६१४२ नम्बरको कार चेकजाचका क्रममा डिकीभित्र लुकाएर राखेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित भारत बिहार अररिया जिल्ला फारबिसगञ्ज-९ का २८ वर्षीय सनोजकुमार साह र फारबिसगञ्ज १६ की ५० वर्षीय सुशीलादेवी गुप्तालाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

बरामद रकम गुप्ताको हो ।

पक्राउ परेकी गुप्ता व्यवसायीक हुण्डी करोवारी हुन् । उनले लामो समयदेखि विराटनगरका व्यपारीसँग मिलेर हुण्डी कारोवार गर्ने गरेको पाइएको प्रहरी स्रोतको दावी छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा हुण्डीका लागि भारतबाट ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । बरामद रकमसहित दुबै जनालाई थप कारवाहीका लागि राजस्व अनुसन्धान कार्यलय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment