Comments Add Comment

स्ट्यान्डर्ड चार्टर्ड र भाटभटेनीबीच सहकार्य

८ पुस, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोर प्रालिबीच व्यापारिक सहकार्य सुरु भएको छ । अब बैंकले भाटभटेनी सुपर मार्केटसँग मिलेर लाभ नामक एक सह–ब्राण्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्नेछ ।

यसबाट सह–ब्राण्डको क्रेडिट कार्ड बाहकहरुले सबै भाटभटेनी सुपर मार्केटहरुमा सामान खरीद गर्दा आकर्षक नगद फिर्ता तथा छुट अफर प्राप्त गर्नेछन् । बैंकको लाभ क्रेडिट कार्डधनीले भाटभटेनीमा पहिलो पटकको कारोबारमा २५ प्रतिशत नगद फिर्ता पाउनेछन् ।

यसका अतिरिक्त सह–ब्राण्डको कार्डबाहकहरुले भाटभटेनी सुपर मार्केटहरुमा किनमेल गर्दा पहिलो ३ महिनाको लागि तत्काल १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सह–ब्राण्डको कार्ड योग्य ग्राहकहरुलाई बैंकले निःशुल्क उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

सहकार्यलाई स्मरणीय बनाउन भन्दै बैंकले आफ्ना सबै क्रेडिट कार्डधनीहरुका लागि भाटभटेनी सुपरमार्केटमा विद्युतीय उपकरणहरुको खरीदमा ० प्रतिशत इन्स्टाबाइ प्रदान गर्ने घोषणा गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले साझेदारीले दुई संस्थाहरुबीच समन्वय सिर्जना गर्न मद्दत पुगेको बताए। सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले साझेदारीले ग्राहकलाई किनमेलको आनन्द दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment