Comments Add Comment

लागूऔषध मुद्दामा फरार अभियुक्त १८ वर्षपछि पक्राउ

९ पुस, बर्दिबास । जिल्ला प्रहरी कार्यालय महोत्तरीले १८ वर्षपछि एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका-३ मा बस्ने ५५ वर्षीय महाजन दास तत्मा रहेको प्रहरीले जनाएको छ ।

बि.स.०५७ सालमा १५९ किलो गाँजा बरामद भएको घटनामा फरार रहेका तत्मालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको हो ।

महोत्तरी साविक गाविस भटौलिया वडा नं. ७ हालको एकडारा गाउँपालिका वडा नं.३ मा बस्ने तत्माको घरबाट अबैध लागूऔषध गाँजा १५९ किलो र गाँजा थिच्ने फलामको मेसिन थान १ समेत बरामद भएको थियो ।

घटना लगतै तत्मा हालसम्म फरार भएका थिए । पक्राउ परेका तत्मालाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

त्यस्तै महोत्तरी प्रहरीले बि.स २०६८ मंसिर २२ गते महोत्तरीको बर्दिवास वडा नं. ७ स्थित बसकाउण्टरबाट कृष्णाकुमार महतोलाई अपहरणमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका ७ बस्ने मकेश्वर महतो कोईरी रहेको प्रहरीले जनाएको छ ।  मकेश्वरले अपहरण गरी दश लाख फिरौती रकमसमेत लिइ पीडितलाई भारत मधुवनीबाट मुक्त गरेका थिए ।

अपरहण तथा शरीर बन्धक शीर्षकमा जिल्ला अदालत महोत्तरीले मकेश्वरलाई ९ बर्ष कैद र दशलाख पचास हजार जरिवाना फैसला गरेको थियो ।

जनकपुर उपमहानगरपालिका पिडारी चौकबाट प्रहरी टोलीले फरार अपराधी मकेश्वर महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका मकेश्वर महतोे २०६७ वैशाख १ गते तत्कालीन महोत्तरी गाविस निगौल वडा नं.३ मा शैखिराय यादवलाई कर्तब्य गरी हत्या गरेको ज्यान सम्बन्धी मुद्धामा समेत फरार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment