Comments Add Comment

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पनि ३६ प्रतिशतले बढ्यो रेमिट्यान्स

९ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ३ खर्ब १२ अर्ब २६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार ४ महिनाको तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै ३ खर्ब १२ अर्ब २६ करोड रेमिट्यान्स भित्रिएको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment