+
+

प्रज्ञा प्रतिष्ठान ‘बंगुरालय’, जगमान गुरुङ अयोग्य : संग्रौला

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १० गते १५:०३

१० पुस, काठमाडौं । वामपन्थी विश्लेषक खगेन्द्र संग्रौलाले प्रज्ञा प्रतिष्ठानको उपकुलतिमा संस्कृतिविद जगमान गुरुङको नियुक्ती अनुचित रहेको बताएका छन् । उनले प्रतिष्ठानलाई ‘बंगुरालय’ को संज्ञासमेत दिए ।

पोखरामा आयोजित साहित्य महोत्सवमा क्रममा आजको सेसनमा बोल्ने क्रममा संग्रौलाले यस्तो धारणा राखेका हुन् । गणतन्त्रमा प्रज्ञा प्रतिष्ठान पनि समावेशी हुनुपर्ने जिकिर उनले गरे तर जगमान जनजाति भए पनि सो पदका लागि आयोग्य व्यक्ति भएको बताए ।

‘गुरुङ समुदायले आफूलाई यो देशको उत्पीडित जाती मान्छ । राज्यले आफूहरुमाथि उत्पीडन गरेको ठान्छ । तर, जगमानले प्रज्ञामा गुरुङको प्रतिनिधित्व गर्न सक्दैनन्,’ संग्रौलाले भने ।

उनले अगाडि थपे, ‘प्रज्ञामा पहिचानका लागि लड्ने, समानताका लागि लड्ने, आत्मगौरवका लागि लड्ने मान्छे हुनुपथ्र्यो । तर, जगमान के भन्छन् भने बाहुनहरुले टुप्पी कसेर पढेकाले ती विद्वान भए, हामीले त्यसको डाहा गर्नु हुँदैन । यसको अर्थ के हो ? यस्ता मान्छेलाई प्रज्ञा प्रतिष्ठानमा लैजानु भनेको जस्तो छ त्यसैलाई यथास्थितिमा राख्न खोजिएको हो ।’

उनले प्रतिष्ठानलाई ‘बंगुरालय’ को संज्ञा दिँदै भने, ‘बंगुरले खान्छ मात्रै केही काम गर्दैन । त्यसमा चेतना हुँदैन । प्रज्ञाका पदाधिकारीहरु पनि त्यस्तै छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?