Comments Add Comment

वाणिज्य बैंकले भारतीय मुद्रामा ऋण लिन पाउने नयाँ व्यवस्था

११ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भारतीय बैंक तथा वित्तीय संस्थाबाट भारतीय मुद्रामा ऋण लिन वाणिज्य बैंकहरुलाई बाटो खुला गरेको छ । राष्ट्र बैंकले नयाँ सूचना जारी गर्दै उर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न भारतीय मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको हो ।

भारतीय मुद्रामा ऋण लिँदा यस अघि अन्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी प्राथमिक पुँजीको ५० प्रतिशत नाघ्न नहुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो कर्जाको भुक्तानी अवधि भने न्युनतम १ वर्षदेखि अधिकतम ५ वर्षको हुने उल्लेख गरिउको छ । तर राष्ट्र बैंकबाट स्वीकृति लिएर कर्जाको नविकरण समेत गर्न सकिने व्यवस्था समेत गरिएको हो ।

राष्ट्र बैंकले २०७४ साल चैत २० र गत कात्तिक २० मा गरेका दुवै व्यवस्था खारेज गर्दै नयाँ सुविधा प्रदान गरेको हो । तर, यस्तो ऋण लिने प्रयोजनका लागि कुनै किसिमको धितो, जमानत, बैंक  ग्यारेन्टी भने दिन पाइने छैन । ऋण लिए पछि सो को जानकारी अनिवार्य आफूलाई दिनु पर्ने राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment