Comments Add Comment

अष्ट्रेलियाविरुद्ध भारत बलियो स्थितिमा

११ पुस, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाविरुद्ध भारत तेस्रो टेष्ट क्रिकेट खेलमा बलियो स्थितिमा पुगेको छ ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिसम्म मात्र दुई विकेटको क्षतिमा २१५ रन बनाएको छ ।

भारतको इनिङ सम्हाल्ने क्रममा चेतेश्वर पुजरा र कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै अविजित रहेका छन् । पुजराले अविजित ६८ रन बनाउँदा कप्तान विराट ४७ रनमा अविजित छन् ।

यसअघि आउट भएका ओपनर मयंक अग्रवालले ७६ रन बनाएर आउट हुदा हनुमा विहारी आठ रनमा आउट भएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका पट कुम्मिन्सले दुई विकेट लिए । भारतले दोस्रो दिन बिहीबार यही स्थितिबाट ब्याटिङ थाल्नेछ ।

पहिलो टेष्ट क्रिकेट खेलमा भारतले अष्ट्रेलियालाई ३१ रनले पराजित गरेको थियो । तर दोस्रो टेष्ट खेलमा भने भारतलाई अष्ट्रेलियाले १४६ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment