Comments Add Comment

प्रचण्ड पहिलो पटक संसदीय समितिको बैठकमा

११ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक संसदीय स बैठकमा सहभागी भएका छन् ।

कर्मचारी समायोजन अध्यादेशको विषयमा छलफल गर्न बुधबार आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनी सहभागी भएका हुन् ।

बैठकमा उनले आफू पहिलो पटक समिति बैठकमा आएको र अब नियमित आउने बताए ।

‘राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पहिलो चोटी आज मात्रै सहभागी हुने अवसर पाएँ, आउन चाहँदा चाहँदै अन्य कामको चापले आउन सकेको थिइनँ’ उनले भने ‘संयोगचाहिँ अधिवेशन सुरु हुदैछ । पार्टीमा सल्लाह गर्दा यो समयदेखि समिति बैठकमा सकेसम्म नियमित उपस्थित हुने भनेर म आएको छु ।’

प्रचण्डले कर्मचारी समायोजनको विषय नयाँ संविधान जारी भएपछिको सबैभन्दा संवेदनशील विषय भएको बताए । उनले नयाँ प्रयोगमा जाँदा केही जटिलता महसुस हुनु अन्यथा नहुने भन्दै विभिन्न पक्ष विचार गरेर समायोजन प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

प्रदेश र स्थानीय तहमा कर्मचारी पुगेन भन्ने गुनासो धेरै आएको भन्दै प्रचण्डले संघीयताको मान्यता अनुसार प्रदेश र स्थानीय तहमा महत्वका साथ कर्मचारी समायोजन गर्नुपर्ने बताए ।

‘अधिकार सिंहदरबारमा नराखेर स्थानीय तहमा पनि लैजाने हो’ समायोजन प्रक्रियाबारे उनले भने ‘कमी कमजोरी रहेका छन् भने करेक्सन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment