Comments Add Comment

सरकार टोलटोलमा होइन, पोलपोलमा पुग्यो : राजेन्द्र महतो

११ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले टोलटोलमा पुग्नुपर्ने सरकार पोलपोलमा पुगेको टिप्पणी गरेका छन् ।

संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै महतोले सरकारको चर्को आलोचना गरेका छन् । यसअघि तीन नेताले बोल्दा समय नतोकेका सभामुखले उनको पालामा १० मिनेट समय तोकेपछि राजपा नेता महतो विभेद भएको भन्दै सम्बोधन सुरु गरे । जनताबाट निर्वाचित रेशम चौधरीलाई अहिलेसम्म संसदमा उपस्थित नगराउनु पनि विभेद भएको उनले बताए ।

जनयुद्धमा हजौं मान्छे मारिएपनि प्रचण्ड र माओवादी नेताहरुलाई कुनै मुद्दा नलागेको तर, थारुले आन्दोलन गर्दा रशेम लगायतलाई जेलमा राखेको उनले बताए । उनले भने, प्रचण्डजी दुई ढंगको व्यवहार नगर्नुस् र यसलाई गम्भीरतापूर्वक लिनुस् ।’

राम्रो काम गरोस् भनेर सरकारलाई समर्थन गरेको तर, दुई तिहाईको सरकार ‘खुँदा पहाड, निकला चुहा’ भने झै भएको महताको टिप्पणी थियो । प्रचण्डले सरकारले प्रशंसा गरेकोतर्फ इंगित गर्दै उनले आफैंले आफ्नो पिठ थपथपाउने काम नगर्न सुझाए । उनले भने, ‘गर्नुपर्ने काम नगर्ने, अनि सबठिकठाक भन्ने ?’

सरकारले संविधान संशोधन अघि नबढाएको भन्दै असन्तुष्टि जनाएका उनले सात दिनभित्र यसबारे ठोस जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment