Comments Add Comment

‘गोपी’को ट्रेलर हेरेर कविता लेख्नुहोस्, पुरस्कार जित्नुहोस्

चलचित्र ‘गोपी’को निर्माणपक्षले कविता प्रतियोगीताको आयोजना गरेको छ । आरोही इन्टरटेन्मेन्टले आयोजना गरेको कविता प्रतियोगीताका विजेतालाई ३० हजार नगद पुरस्कार दिने बताइएको छ । साथमा दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कार दिने बताइएको छ ।

यस्तै, सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार दिने बताइएको छ । यो प्रतियोगीतामा विश्वमा जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउनेछन् । सहभागीले चलचित्रको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार, परिश्रमको भाव झल्कने कविता लेख्नुपर्ने बताइएको छ । कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मुल्यांकन गर्नेछन् । माघको ७ गतेसम्म प्राप्त हुने कवितलाई प्रतियोगीतामा सहभागी गराइनेछ ।

यो चलचित्र माघ १८ गतेबाट रिलिज हुँदैछ । सामिप्यराज तिमिल्सिनाको पटकथा रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । कविता नेपाली भाषामा लेखिनुपर्ने शर्त राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment