Comments Add Comment

सीजी टेलिकमका पक्षमा सर्बोच्चको आदेश, खुल्यो मोबाइल सेवा सुरु गर्ने बाटो

१२ पुस, काठमाडौं । अब सीजी टेलिकमलाई पनि पनि मोबाइल सेवा सञ्चालनका लागि बाटो खुलेको छ । सर्वोच्च अदालतले सीजी कम्युनिकेसन प्रालि -सिजि टेलिकम) लाई मोबाईल सेवा सञ्चालनको अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीको एकल इजलासको आदेशपछि सीजी टेलिकमलाई मोवाइल सेवा सञ्चालनमा ल्याउने बाटो खुलेको छ ।

प्राधिकरणले सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिएको थिएन । सीजी टेलिकमलाई सेवा सञ्चालन अनुमति दिने सरकारको निर्णयलाई समेत प्राधिकरणले स्वीकारेको थिएन ।

प्राधिकरणले गत पुस ४ गते फ्रिक्वेन्सी लिलाम बढाबढका लागि सूचना प्रकाशित गरेपछि यसका विरूद्ध सीजी टेलिकम सर्वोच्च अदालत गएको थियो । अदालतले पुस १० मा आन्तरिम आदेश जारी गर्दै उक्त कम्पनीले सरकारबाट मोवाईल सेवा सञ्चालनको अनुमति प्राप्त गरिसकेकाले कार्यान्वयनमा कुनै बाधा अवरोध नगर्नू भन्ने आदेश दिएको छ ।

आदेशमा भनिएको छ- ‘निवेदक(सीजी टेलिकम)लाई आधारभूत टेलिफोन सेवा संचालन गर्ने अनुमति प्राप्त गरेको देखिंदा उक्त अनुमति पत्र कार्यान्वयन गर्न आवस्यक पर्ने कुनै पनि कार्य गर्न नरोक्नु रोक्न नलगाउनु तथा निजलाई कुनै बाधा अवरोध नगर्नू, नगराउनू ।’

सर्वोच्चले ‘अनुमति पत्र कार्यान्वयन गर्न आवस्यक पर्ने खरिद, जडान तथा सो सम्वन्धमा आवस्यक पर्ने थप लगानीका लागि निवेदक -सिजि टेलिकम)लाई आवस्यकता अनुसार अनुमति दिनु दिलाउनु’ पनि भनेको छ ।

त्यसैगरी ‘आधारभूत टेलिफोन सेवाको अनुमति पत्र संचालनमा ल्याउन आवश्यक पर्ने अन्य सेवा प्रदायक सरह समान हक स्थापित गर्न समेत आवस्यक पि|mक्वेन्सी निवेदक -सिजि टेलिकम)लाई वितरण गर्न कानून बमोजिम जे जे कत्र्यव्य पूरा गर्नु पर्ने हो गर्नु गराउनू । निवेदकले प्राप्त गरिसकेको पि|mक्वेन्सी प्रयोग गर्न कुनै अवरोध नगर्नू तथा अन्य सेवा प्रदायक सरह व्यवहार गर्नू’ भन्ने आदेश पनि सर्वोच्च अदालतले दिएको छ ।

सर्वोच्चले फ्रिक्वेन्सी लिलाम बढाबढ गर्ने प्राधिकरणको सूचना कार्यान्वयन नगर्न पनि आदेश गरेको छ ।

सीजी के भन्छ ? 

अदालतको यो आदेशपछि सीजी टेलिकमले मोवाईल सेवा संचालनका लागि द्रुत गतिमा काम अगाडि बढाउने बताएको छ ।

‘हामी मोवाईल सेवा संचालनका लागि तयारी अवस्थामा छौँ । सर्वोच्च अदालतबाट आदेश आइसकेकाले मोवाईल सेवा संचालनका लागि द्रुत गतिमा काम अगाडि बढाउछौँ’, चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले भने, ‘अदालतको आदेशलाई हामी उच्च सम्मान गर्छौँ । र, सम्वन्धित निकायहरूले पनि आदेशलाई सम्मान गर्दै स्वस्थ प्रतिस्पर्धी वातावरणमा सिजि मोवाईल सेवा संचालनका लागि आ-आफ्नो कर्तव्य पुरा गर्नेछन् भन्ने हाम्रो पूर्ण विश्वास छ ।’

मन्त्रिपरिषदको २०७४ जेठ १५ गतेको बैठकले सीजी टेलिकमलाई मोवाईल सेवा सञ्चालन अनुमति दिने निर्णय गरेको थियो । उक्त समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री थिए ।

मन्त्रिपरिषदको उक्त निर्णयपछि सिजि टेलिकमले मोवाईल सेवा सञ्चालनका लागि द्रुत गतिमा प्राविधिक एवं वित्तिय व्यवस्थापनलाई अगाडि बढाएको थियो । तर प्राधिकरणले फ्रिक्वेन्सी प्रदान गर्ने एवं उपकरण आयात लगायतका अनुमति दिने मामिलामा अवरोध गरेका कारण सेवा संचालनमा विलम्ब हुदै आएको थियो ।

‘सर्वोच्च अदालतको आदेशपछि  सबै अवरोधहरू अन्त्य भएका छन् । प्राधिकरणले यि सबै पक्षमा हामीलाई सहजीकरण गर्नेछ भन्ने हाम्रो विश्वास छ,’, प्रवक्ता पौडेलले भने ।

मन्त्रिपरिषदले सीजी टेलिकमलाई मोवाईल सेवा सञ्चालनका लागि तत्कालीन समयमा प्राधिकरणलाई बुझाउन बाँकी फ्रिक्वेन्सी र रोयल्टी समेत गरि करिब ३६ करोड रूपैयाँ २०७४ माघ मसान्तदेखि पाँच बराबर किस्तामा भुक्तानी गर्नुपर्ने निर्णय दिएको थियो ।

पहिलो किस्तास्वरूप २०७४ माघ २८ गते ८ करोड ४० लाख रूपैयाँ मात्र भुक्तान गरेको छ । ‘हामी सरकारले दिएको समयतालिका अनुसार रकम बुझाउछौँ । आगामी माघ मसान्तभित्रै दोस्रो किस्ता बुझाउने तयारीमा हामी छौँ’, प्रवक्ता पौडेलले भने ।

प्राधिकरणले सीजी टेलिकमलाई प्रदान गरेको अनुमति पत्र ‘आरटिएस-ईडिआर-जिरोवान’ बमोजिम कार्य सम्पन्न भएर प्राधिकरणले प्रमाणीकरण समेत गरिसकेको कम्पनीले बताएको छ ।

अन्तर्राष्ट्रियस्तरको पछिल्लो पुस्ताको प्रविधिलाई नेपालमा भित्रयाउने प्राविधिक तयारी भएको दावी सिजि टेलिकमको छ ।

सीजी मोवाईल फोरजी प्रविधिमा आधारित हुनेछ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध मोवाईल सेवाको गुणस्तरको तुलनामा उच्च गुणस्तरको भ्वाईस र डाटा अत्यधिक सस्तो दरमा उपलब्ध गराउने जनाएको छ ।

२०१९ भित्रै सीजी टेलिकमको सेवा !

यसबाट नेपाली उपभोक्ताले प्रतिस्पर्धी बजारमा छनौटको अवसर प्राप्त गर्नेछन् भने हाल करिब एकाधिकारका कारण महँगोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने कम्पनीले जनाएको छ ।

‘हामी नेपाली उपभोक्ताको हितलाई केन्द्रमा राखेर एचडी भ्वाईस क्वालिटी र द्रुत गतिको डाटा न्युनतम मूल्यमा उपलब्ध गराउने तयारीमा छौँ । सीजी मोवाईल सञ्चालनपछि नेपाली उपभोक्ताले टेलिकम क्षेत्रमा नयाँ क्रान्तिको महशुस गर्नेमा हामी विश्वस्त छौँ’, प्रवक्ता पौडेलले दावी गरे ।

सीजी टेलिकमले सेवा सञ्चालनका लागि आपूर्तिकर्ताहरूको छनौट गर्न आवस्यक कर्मचारी र परामर्शदाताहरूको नियुक्ति गरिसकेको छ भने थप कर्मचारी र परामर्शदाताहरूको छनौट कार्य जारी कम्पनी बताउँछ ।

नेपालमा उच्च गुणस्तरको मोवाईल सेवा सञ्चालनका लागि उच्चस्तरको प्रविधि भित्रयाउन  ख्यातीप्राप्त विदेशी कम्पनीसँग रणनीतिक साझेदारीको टुंगो लागिसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले टेलिकम उपकरण आयात गर्न आपूर्तिकर्ताहरूसँग सम्झौता गरिसकेको, डाटा सेन्टर स्थापना र डिजास्टर रिकोभरी का लागि समेत स्थान तोकिसकेको जनाएको छ ।

त्यसैगरी बीटएस टावर तथा व्याकहाउल नेटवर्क निर्माणकर्ता एवं आपूर्तिकर्ताहरूसँग सम्झौता भईसकेको र टावर निर्माणका लागि काठमाडौँ, पोखरा लगायतका स्थानहरूमा जग्गाधनिसँग लिज सम्झौता गरिसकेको उसको भनाइ छ ।

‘सन् २०१९ भित्रै सीजी टेलिकमको सेवा नेपाली उपभोक्ताले पाउनेछन् भन्नेमा हामी विश्वस्त रहेका छौँ,’ प्रवक्ता पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment