+
+

‘टुल्की’ बन्दै बेनिशा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १३ गते ११:०२

नायिका बेनिशा हमालको गतबर्ष ‘झ्यानाकुटी र ब्लाइन्ड रक्स’ रिलिज भएको थियो । यी दुबै चलचित्र बक्स अफिसमा असफल भएपनि बेनिशाको कामको भने तारिफ भएको थियो । उनै बेनिशाले यसपछि चलचित्रमा संझौता गरेकी थिइनन् ।

अब भने बेनिशाले एक नयाँ चलचित्रमा संझौता गरेकी छिन् । डेब्यू निर्देशक लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘टुल्की’को शिर्ष भूमिकामा बेनिशा हमाल देखिन लागेकी हुन् । यो चलचित्रको छायांकन माघको १५ गतेबाट सुरु हुँदैछ । चलचित्रका लागि अन्य कलाकार फाइनल गरिएको छैन । थिएटरमा काम गरिरहेका कलाकारसँग कुरा भैरहेको वुझिएको छ ।

चलचित्रले बहुपति प्रथाको कथालाई उठान गर्ने वुझिएको छ । चलचित्रमा वेनिशा धेरै श्रीमान् हुने श्रीमतिको भूमिकामा देखिदैछिन् । चलचित्रको कथा राम्रो भएकाले संझौता गरेको बेनिशाले अनलाइनखबरसँग बताइन् । यो चलचित्रका लागि आफूले मिहिनेत गरिरहेको उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?