Comments Add Comment

अर्पणको ‘पकेटमा’ अटाइनन् ऋचा

नायिका ऋचा शर्मा र निर्देशक तथा कलाकार अर्पण थापाको प्रेम चर्चाले चलचित्र वृत्त तरंगित छ । तर, नायिका ऋचा शर्मा अर्पण विवाहित भएकाले पनि यस्तो कुरा सोध्नु अगाडि पत्रकारले पनि सोच्नुपर्ने बताउन पछि पर्दिनन् । ऋचा र अर्पणले आधा दर्जन चलचित्रमा एकैसाथ काम गरेकाले पनि उनीहरुबिच प्रेम रहेको खबर फैलिएको हुनसक्छ ।

तर, जे भएपनि अर्पणको साथमा ऋचा नहुँदा चलचित्रकर्मीले नै प्रश्न सोध्न भने थालेका छन् । चलचित्र ‘घर’को पत्रकार सम्मेलनमा अर्पण थापा एक्लै देख्दा धेरैले ऋचाको खोजी गरे । कतिपयले त अर्पणको निर्देशन र अभिनय रहने भएकाले पनि ऋचा नै नायिका हुन् भनेर अड्कल पनि काटे । तर, निर्माताले नायिकाको खोजी भैरहेको बताएपछि धेरैको अड्कल फेल खायो ।

पत्रकारले ऋचासँग सम्बन्ध विग्रिएको हो भनेर समेत प्रश्न सोधे । अर्पणले एउटा चलचित्रमा काम नगर्ने वित्तिकै सम्बन्ध नै विग्रियो भनेर सोच्न नहुने पनि तर्क गरे । उनले, ऋचासँग मिलेर बनाउने भनिएको चलचित्र ‘सुनकेशरी २’ पनि बन्ने बताए ।

केही चलचित्रकर्मीले खै त ऋचा भनेर अर्पणलाई जिस्काउँदै गर्दा, उनले ‘ऋचा शर्मा सानो चिज हो र, पकेटमै अटाउनलाई । मान्छेलाई पकेटमा हालेर ल्याउन मिल्दैन’ भन्दै जवाफ दिएका थिए । ऋचा र अर्पणले स्विकार नगरेपनि उनीहरुको प्रेम चर्चा भने चलचित्र वृत्तमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment