Comments Add Comment

टेलिकमको प्रवन्ध निर्देशक बन्न ११ जनाको आवेदन

१३ पुस, काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने भएका छन् ।

प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, बुद्धिप्रसाद आचार्य, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी, डिल्लीराम अधिकारी, नगेन्ऽकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले प्रवन्ध निर्देशक बन्न इच्छा देखाउँदै निवेदन दिएका छन् ।

११ मध्ये दुई जनालाई अर्को चरणको प्रस्तुतिकरणका लागि अयोग्य ठहराइएको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।

अन्तिम मिति बुधबारसम्म टेलिकमभित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् । यस्तै पूर्वा प्रवनध निर्देशक बुद्धि आचार्य पनि आकांक्षीका रुपमा देखिएका छन् ।

साउन २९ गतेको मन्त्रीपरिषदले कामिनी राजभण्डारी बर्खास्त गरेपछि टेलिकममा नेतृत्व अभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment