Comments Add Comment

९ अर्ब पानीमा बगाउँदै एप्पल

विश्वका चर्चित प्रविधि कम्पनीहरुले आविष्कार तथा उन्नयनका लागि बर्सेनि ठूलो रकम खर्चिने गर्दछन् ।

यो मामिलामा अमेरिकी कम्पनी एप्पल निकै अगाडि छ ।

तर पछिल्लोपटक एप्पलले यस्तो क्षेत्रमा लगानी गर्दैछ, जुन धेरैलाई अनौठो लाग्दैछ । अर्थात् एप्पलले करोडौँ रुपैयाँ बराबरको रकम पानीमा बगाउँदैछ ।

आइफोन निर्माता कम्पनी एप्पलले ९ अर्ब रुपैयाँभन्दा बढी रकम पानीमा लगानी गर्दैछ ।

ओरेगन लाइभको रिपोर्ट अनुसार एप्पलले पानीका लागि ८ करोड ७० लाख अमेरिकी डलर पानीका लागि लगानी गर्न लागेको हो ।

आफ्नो डाटा सेन्टरको चिस्यान व्यवस्थापनका लागि पानी भण्डारण केन्द्रमा एप्पलले यति ठूलो लगानी खन्याउनेछ ।

ओरेगनको प्रिनभिल्ले क्षेत्रमा एप्पलका दुईवटा डाटा सेन्टर रहेका छन् । डाटा सेन्टरको तापक्रम नियन्त्रणका लागि एप्पललाई ठूलो परिमाणमा पानीका आवश्यकता पर्दछ । एप्पलले सन् २०१६ मा यही डाटा सेन्टरमा मात्रै २ करोड ८० लाख ग्यालोन पानी खपत गरेको थियो ।

एप्पलको वाटर स्टोरेज केन्द्र सन् २०२१ सम्ममा निर्माण सम्पन्न हुनेछ । एप्पलको ओरेगनस्थित यो केन्द्र निर्माणमा एप्पलले १ अर्ब डलर लगानी गरेको छ । सस्तो जमिन तथा कर सहुलियतका कारण एप्पलका यो क्षेत्र छनोट गरेको थियो । साथै उक्त क्षेत्रमा चिसो मरुभूमिको मौसम हुनुका कारण डाटा सेन्टरको तापमान सन्तुलनका लागि समेत कम उर्जा खपत हुनेछ ।

स्मरण रहोस् यही क्षेत्रमा फेसबुकको समेत डाटा सेन्टर रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment