Comments Add Comment

‘बोबी २’मा उमेश र कविताको संघर्षको कथा

वास्तविक कथामा जोडी अभिनित फिल्म ‘बोबी’ गत असारमा प्रदर्शनमा आएको थियो। नेपाल बजारमा उक्त फिल्मले राम्रो व्यापार गर्न सफल भयो। मिलन चाम्सले निर्देशन गरेको उक्त फिल्ममा उमेश थापा र कविता गुरुङको कथा प्रस्तुत गरिएको थियो । फिल्ममा पनि उमेश र कविताको नै मुख्य भूमिका रहेको थियो ।

अब भने उमेश र कविताको बाँकी कथामा फिल्म ‘बोबी २’ निर्माण हुने भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘बोबी २’ को निर्माण घोषणा गरिएको हो । मिलन चाम्सले नै निर्देशन गर्ने ‘बोबी २’ मा भने उमेश र कविताको संघर्ष र सफलतालाई देखाइने छ । निर्देशक चाम्सले भने, ‘बोबी २’ मा पहिलो भागमा अटाउन नसकेको उनीहरुको बाँकी कथा प्रस्तुत गर्नेछौं। यसमा बिशेष गरि उनीहरुको संघर्ष र सफलतालाई जोड दिनेछौं । उमेश र कविताको बाँकी कथालाई नरेश भट्टराईले पटकथामा ढाल्नेछन्।

चाम्स इन्टरटेन्टमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण हुने फिल्मलाई नवराज उप्रेतीले खिच्नेछन् भने बनिश शाहले सम्पादन गर्ने पक्का भएको छ । चैत दोस्रो साताबाट छायांकनमा जाने यस फिल्मको ९० प्रतिशत नर्वेमा खिचिनेछ। बाकीं १० प्रतिशत काठमाडौं र पोखरामा खिचिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment