Comments Add Comment

इन्टरनेटको मूल्य बढाउने निर्णयबाट पछि हटे व्यवसायी

१५ पुस, काठमाडौं । सरकारले सम्झौता कार्यान्वयन गर्ने आश्वास दिएपछि इन्टरनेट सेवा प्रदायकले सेवा तत्काल मूल्य नबढाउने भएका छन् । सम्झौता अनुसार नै दुरसञ्चार नियमवाली संशोधन गर्ने सरकारको आश्वासनपछि व्यवसायी पछि हटेका हुन् ।

यसअघि व्यवसायीले सम्झौताको पाँच महिना बित्दा पनि सरकारले ध्यान नदिएको भन्दै पुस १५ अर्थात आजदेखि इन्टरनेटको शुल्क बढाउने चेतावनी दिएका थिए ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल -आइस्पान) का एक सदस्यले तत्काल शुल्क बढाउने निर्णय स्थगित भएको पुष्टि गरे ।

सरकारले ०७५/७६ को बजेटमा इन्टरनेटमा १३ प्रतिशत अतिरिक्त दूरसंचार सेवा शुल्क -टिएससी) लगाउने नीति ल्याएपछि इन्टरनेट सेवा प्रदायकहरुले आफ्नाे सेवा शुल्क बढाउने बताएका थिए ।

सरकारले लगाउने अतिरिक्त कर ग्राहकबाटै असुल्ने भन्दै सेवा प्रदायकहरुले साउन १ गतेदेखि नै मूल्य बढाउने घोषणा गरेका थिए ।

तर, सरकारले सेवा प्रदायकहरुलाई बोलाएर मूल्य नबढाउन भन्दै दुरसञ्चार नियमवाली नै संशोधन गर्ने आश्वासन दिँदै इन्टरनेटको मूल्य समायोजन गर्ने सहमति गरेको थियो ।

तर, हालसम्म पनि उक्त सम्झौता कार्यान्वयन नगरेको भन्दै व्यवसायी रुष्ट बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment