Comments Add Comment

अंग्रेजी नयाँ वर्षमा पोखराका ठूला होटल भरिभराउ

१६ पुस, पोखरा । अंग्रेजी नयाँ वर्षमा पोखराका ठूला होटलहरु पर्यटकले भरिएका छन् । अंग्रेजी नयाँ वर्ष पोखरामा मनाउनका लागि आन्तरिक तथा बाहृय पर्यटक ठूलो मात्रामा पोखरा भित्रिएपछि पोखराका होटलहरु भरिभराउ भएका हुन् ।

अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले पोखरा सडक महोत्सव आयोजना गरेपछि महोत्सवमा सहभागि हुन आउने पर्यटकको संख्या बढ्दा पोखराका अधिकांश होटलहरुको अकुपेन्सी हृवात्तैै बढेको छ ।

ठूला होटलका अकुपेन्सी फुल भइसक्दा साना होटलहरुमा पनि अकुपेन्सी बढेको छ । साना होटलहरुमा भने अझैपनि अकुपेन्सी कम रहेको पश्चिमाञ्चल होटल संघले जनाएको छ ।

तर, होटल खोज्दै हिंड्ने पाहुना र पि्र बुकिङ गर्न चाहनेले भने कोठा नपाएको गुनासो गर्ने गरेका पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

उनले भने, ‘पोखराका अधिकांश स्टार लेवलका होटलहरुको अकुपेन्सी फुल छ, साना होटलहरुमा पनि अकुपेन्सी बढेको छ तर अझै केहि पर्यटकलाई राख्ने क्षमता भने छ ।’

पोखरामा पर्यटक स्तरीय ४ सय भन्दा बढी होटलहरुमा १० हजार कोठाहरु रहेको पश्चिमाञ्चल होटल संघले जनाएको छ । यी होटलहरुमा २० हजार पर्यटक अटाउने क्षमता रहेको संघको दाबी छ ।

त्यसबाहेक केहि साना होटलहरु पनि पोखरामा छन् । पोखराबाट नजिकका क्षेत्रमा होमस्टेहरु पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment