Comments Add Comment

कागजपत्र माग्दा प्रहरीलाई १५ सय घुस दिने दुई जना पक्राउ

१६ पुस, काठमाडौं । राजधानी प्रवेश गर्ने नाका नागढुंगाको चेक प्वाइन्टमा प्रहरीलाई घुस दिन खोज्दा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लु १ ख ९४६९ नम्बरको बसका सहचालक रामबहादुर सुवेदी र यात्रु अर्घाखाँचीका जगतबहादुर क्षेत्री छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख डीएसपी कुमारविक्रम थापाका अनुसार बुटवलबाट काठमाडौं आउँदै गरेको बसमा ल्याइएको सामानको कागज पत्र माग्दा उनीहरुले १५ सय रुपैयाँ घुस दिन खोजेका थिए ।

तर, डियूटीमा खटिएका प्रहरी नायब निरीक्षक विश्वनाथ त्रिपाठीले त्यो रकम लिएनन्, र उनीहरुलाई पक्राउ गरेर वृत्तको हिरासतसम्म पुर्‍याए ।

उनीहरुमाथि थप अनुसन्धान गरेर मुद्दा चलाइने डीएसपी थापाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment