Comments Add Comment

‘जुनियर’लाई कार्यबाहक दिन दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक मन्त्रालय तानिए

१६ पुस, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाललाई काजमा मन्त्रालय तानेको छ । खनाललाई विज्ञका रुपमा भन्दै मन्त्रालय तानिएपछि पुरुषोत्तम खनालले प्राधिकरणमा कार्यकारी प्रमुख पाउने पक्कापक्की भएको छ ।

सूचना प्रविधि तथथा सञ्चारमन्त्री गोकुल बास्कोटाले आफू अनुकुलको कार्यकारी प्रमुख राख्न आनन्दराज खनालाई मन्त्रालयमा ल्याएका हुन् । मन्त्रालयले बरिष्ठ निर्देशकलाई मन्त्रालय तानेर अर्का निर्देशकलाई कार्यकारी अध्यक्ष बनाउने तयारी गरेको मन्त्रालय स्रोतले बतायो ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले गत बुधबार नै अध्यक्षबाट राजीनामा दिएका थिए । त्यसलगत्तै बरिष्ठ निर्देशक खनाललाई मनत्रालय तानिनुलाई प्राधिकरणभित्र अर्थपूर्ण रुपमा हेरिएको छ ।

बरिष्ठ निर्देशक खनाल र निर्देशक पुरुषोत्तम खनालले दिगम्बर झासँगै प्राधिकरणको अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए । तर, उनीहरुलाई पाखा लगाएर सरकारले पुन विवादास्पद छवीका झालाई नै अध्यक्ष बनाएको थियो ।

तर, झाकै नियुक्तिलाई लिएर नेकपाभित्रै पटक-पटक प्रश्न उठेपछि सरकारकै दबावमा झाले राजीनामा दिएका थिए । अब जुनियर निर्देशक खनाललाई कार्यबाहक अध्यक्ष बनाएर सरकारले विभिन्न टेलिकम सम्बन्धी नीतिहरु फेर्न योजना तयार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment