Comments Add Comment

फेडेरर र सेरेना पहिलोपटक आमनेसामने हुँदै

१७ पुस, काठमाडौं । स्वीजरल्यान्डका टेनिस खेलाडी रोजर फेडेरर र अमेरिकन महिला टेनिस खेलाडी सेरेना विलियम्सबीच पहिलो पटक प्रतिस्पर्धा हुने भएको छ ।

अष्ट्रेलियामा हुने होपम्यान कप टेनिसको मिक्स डबल्समा यी दुई विश्व चर्चित खेलाडीले एकअर्कासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । फेडेरर र सेरेनाले अहिलेसम्म प्रतिस्पर्धा गरेका थिएनन् ।

मिक्स डबल्समा स्वीजरल्यान्ड र अमेरिकाबीच भिडन्त हुने भएपछि फेडेरर र सेरनाबीच प्रतिस्पर्धा हुने भएको हो । स्वीजरल्यान्डको टिमबाट फेडेरर र बेलिन्डा बेनिसिक रहने छन् । अमेरिकाको टिममा सेरेना र फ्रान्सिस टियाफोई रहनेछन् ।

फेडेरर र विलियम्सबीच केही सामनता पनि रहेका छन् । उमेरले दुबै ३७ वर्ष टेकेका फेडेरर र विलियम्सले अहिलेसम्म ४३ पटक ग्राण्डस्लाम जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment