+
+

प्रदेश १ मा दुई लाख ९७ हजारको स्वास्थ्य बीमा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १७ गते ११:५१

१७ पुस, विराटनगर । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा प्रदेश १ बाट २ लाख ९७ हजारले सहभागिता जनाएका छन् । स्वास्थ्य बीमा कार्यक्रम हाल प्रदेश १ का १४ मध्ये ६ वटा जिल्लामा लागू भएको छ । ६ जिल्लाबाट २ लाख ९७ हजार ८२ जनाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएका हुन् ।

प्रदेश १ मा ०७३ असारदेखि इलामबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । दुई वर्षको अवधिमा अन्य ५ वटा जिल्लामा विस्तार गरिएको छ । झापा, भोजपुर, सुनसरी, खोटाङ, सोलुखुम्बुमा बीमा कार्यक्रम विस्तार गरिएको हो ।

६ जिल्लाबाट २ लाख ९७ हजार ८२ जनाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएको स्वास्थ्य बीमा बोर्ड प्रदेश १ सहसंयोजक दुर्गा आचार्यले जानकारी दिए ।

उनका अनुसार देशभर आइतबार सम्म १४ लाख २५ हजार ५३२ जनाले बीमामा सहभागी छन् । देशभर ३६ जिल्लामा स्वास्थ्य बीमा योजना सुरु गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम मोरङ पनि सुरु गर्ने तयारी गरिएको छ । फागुन महिनाबाट कार्यक्रम सुरु गर्ने गरी तयारी भएको आचार्यले बताए ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा १/१ जना दर्ता सहयोगी नियुक्त हुनेछन् । दर्ता सहयोगीले बीमाको प्रिमियमबाट १० प्रतिशत कमिसन पाउने छन् । बीमा कार्यक्रममा सहभागिता जनाउनेलाई दर्ता सहयोगीले मोवाइल एप मार्फत दर्ता गराउने छन् ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि पाच जना सदस्य रहेको परिवारले २५०० रुपैयाँ वार्षिक प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको छ भने पाँचजना भन्दा बढी सदस्य रहेमा ४२५ रुपैया थप गर्नुपर्ने हुन्छ । बीमा योजनामा सरिक भएको परिवारले ५० हजार रुपैयाँ बरावरको औषधि उपचार निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।

स्वास्थ्य बिमा योजना अन्तरगत औषधि उपचारका लागि सरकारी अस्पताललाई प्रथमिकतामा राखिएको छ । सामान्य अवस्थामा सरकारी अस्पतालबाट रेफर गरे पछि मात्र सुचिकृत अस्पतालमा लैजान पाइने छ भने इमरजेन्सी अवस्थामा सीधै सुचिकृत भएको २५ बेट भन्दामाथिको अस्पतालमा लैजान पाउने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?