Comments Add Comment

सेयर बजारमा सामान्य गिरावट

१७ पुस, काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजारमा ओरालो लाग्ने क्रम रोकिन सकेन ।  साताको पहिलो दिन आइतबारदेखि शुरु भएको ओरालो लाग्ने क्रम मंगलबार १ दशमलव ३६ अंकले ओरालो हो ।

आइतबार १० अंकले ओरालो लागेको सेयर बजार सोमबार १७ अंक भन्दा बढीले घटेको थियो । मंगलबार १ दशमलव ३६ अंकले ओरालो लाग्दा नेप्से परिसूचक १ हजार १ सय ८५ दशमलव ९१ मा आइपुगेको छ ।

कारोबार रकम पनि आइतबारदेखि नै घट्ने क्रम जारी देखिएको छ । साताको पहिलो दिन ४५ करोडको कारोबार भएको बजार सोमबार ४० करोडकोमात्रै भएको छ भने मंगलबारसम्म आइपुग्दा २३ करोड पनि पुग्न सकेन ।

मंगलबार ३ हजार ५ सय ९७ कारोबारबाट १ सय ५६ कम्पनीका ६ लाख ८९ हजार ७ सय २० कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम २२ करोड ८५ लाख ४३ हजार ४ सय १५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सोमबार कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा देखिएको छ । नेपाल लाइफको १ करोड २१ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment