Comments Add Comment

१२ औं खेलमा पनि मनाङ विजयी

१८ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा आज सम्पन्न खेलमा मनाङले हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार १२ औं खेलसम्म पनि जित हात पारेको हो ।

दुई खेल यसअघि नै लिग च्याम्पियन बनेको मनाङले खेलको ३६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । मनाङका लागि अफिज ओलावालेले गोल गरेका थिए । त्यस्तै, ४५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पा क्लबलाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ६४ औं मिनेटमा विशाल राईले गोल गर्दै अग्रता २–१ गोलको अग्रता दिलाएका थिए ।

जितसँगै मनाङले १२ खेलमा शत प्रतिशत जित निकाल्दै ३६ अंक बनाएको छ । यता, पराजित हिमालयन शेर्पाको भने १२ खेलबाट १७ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment