Comments Add Comment

प्रधानमन्त्रीले संसदमा आज गर्ने भनिएको सम्बोधन स्थगित

१९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभा बैठकमा आज गर्ने भनिएको सम्बोधन अन्तिममा आएर स्थगित भएको छ ।

संसद् सचिवालयले आजको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय गरेको थियो । तर, अन्तिममा आएर प्रधानमन्त्रीले सम्बोधन स्थगन भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीले आज गर्न लागेको सम्बोधन स्थगित भएको जनाएको छ । तर किन स्थगित भयो भन्नेबारे केही खुलाइएको छैन ।

रेशम चौधरीको सपथलगायतका विवादास्पद घटनाको जवाफ दिनुपर्ने अवस्था आएपछि प्रधानमन्त्रीको सम्बोधन सरेको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment