Comments Add Comment

अब म पनि माननीय !

१९ पुस, काठमाडौं । फरार भएकै अवस्थामा कैलाली १ मा प्रतिनिधिसभा सदस्यको चुनाव लडेका टीकापुर घटनाका मुख्य अभियुक्त रेमश चौधरीले अप्रत्यासित सफलता पाए ।

प्रतिद्वन्द्वीलाई २१ हजार मतान्तरले पराजित गरेपछि उनले निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत बुझ्न चाहे । सर्वोच्च अदालतसम्म धाए तर, आफ्नो पक्षमा फैसला नभएपछि १४ फागुनमा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे ।

अदालतले पूर्पक्षका लागि जेल चलान गर्‍यो । चौधरी लामो समयदेखि डिल्लीबजार कारागारमा थिए । राष्ट्रिय जनता पार्टीले लगातार उनले सपथ लिने वातावरण बनाउनु पर्ने माग गर्दै आएको थियो ।

एकवर्षसम्म सुनुवाई भएन । तर, राजपाले सरकारलाई दिएको समर्थन नै फिर्ता लिने भनेपछि सरकार एकाएक गलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा  बिहीबार चौधरीको सपथको चाँजोपाँजो मिलाइएको छ ।

डिल्लीबजार कारागारबाट सिंहदरबार ल्याइएका उनलाई सभामुख कृष्णबहादुर महराले सपथ खुवाए । कृषि समितिको हलमा भएको सपथ कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ समेत उपस्थित थिए ।

सपथपछि संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले उनलाई सांसदको लोगो लगाइदिए । लगतै चौधरीले पनि लोगो देखाएर हँसिलो मुद्रामा पोज दिए, ‘अब म पनि माननीय !’

 

 

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment