Comments Add Comment

मनाङले अन्तिम खेल पुस २२ गते फ्रेन्ड्ससँग खेल्ने

१९ पुस, काठमाडौं । दुई खेलअघि नै शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मनाङ मर्स्याङ्दी क्बलले अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग २२ गते खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार अन्तिम तथा १३औं राउण्डको खेल तालिका सार्वजनिक गरेकोमा मनाङको २२ गते फ्रेन्ड्ससँग प्रतिस्पर्धा हुने भएको हो । मनाङले अन्तिम दुई खेल खेल्नु अघि नै ए डिभिजन लिगको उपाधि पक्का गरिसकेको छ ।

मनाङ १२औं खेलसम्ममा अपराजित रहेको छ । शतप्रतिशत जित हात पार्दै ३६ अंक बनाएको मनाङले अन्तिम खेलमा पनि जित हात पार्दै एक खेल नहारी लिग जित्ने लक्ष्यमा छ ।

फ्रेन्ड्स क्लब भने आफ्नो अन्तिम खेलमा मनाङलाई रोक्दै अन्तिम दुईमा पर्नबाट बच्ने दाउमा छ । लिगको १२औं स्थानमा रहेको फ्रेन्ड्स क्लबको ९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment