Comments Add Comment

अनर मोबाइल नेपालमा

१९ पुस, काठमाडौं । नयाँ वर्षको भव्य शुभारम्भसँगैं चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको सह-ब्राण्ड अनरले काठमाडौं, नेपालमा आयोजित एक विशेष समारोहबीच आफ्ना नयाँ स्मार्टफोनहरुको बिक्री वितरण सहर्ष प्रारम्भ गरेको छ ।

क्रातोस टेक्नोलोजी प्रा.लि अनरलाई नेपाली बजारमा प्रवेश गराउने एकमात्र आधिकारिक वितरक हो ।”

यो ब्राण्डको रचना नै डिजिटल दुनियाँको मागहरु सम्बोधन गर्ने गरी गरिएको थियो । यो फोन उत्कृष्टताले भरपूर उत्पादन हो, जसले प्रयोगकर्ताहरुलाई चलाउनुको उच्चतम् अनुभूति, उत्प्रेरित गर्ने कार्य, अद्भूत रचनात्मकता प्रदान गर्दछ र युवाहरुलाई उनीहरुको सपना प्राप्त गर्न सशक्त गर्दछ ।

अनरले कामहरु भिन्न तवरले गर्ने आफ्नै विशेषतापूर्ण प्रस्तुतीकरण र आफ्ना ग्राहकहरुका लागि नयाँ खोज एवं आवश्यकता बमोजिमको नवीनतम प्रविधिमा लगेर यसले आफूलाई अन्यको भीडमा अलग्गै स्थानमा राख्न सक्षम भएको छ ।

यसले प्रयोगकर्ताहरुलाई पहिलो उत्कृष्ट श्रेणी र औद्योगीक डिजाइन तथा प्रविधि मार्फत् आल्हादित बनाउँछ । डिजिटल युगको आवश्यकता बमोजिमको अनर यसको मूल्य र कार्य दक्षता दुवैको अनुपातमा सटिक रुपमा सन्तुलित ब्राण्ड बनेको छ ।

क्रातोस टेक्नोलोजीले नेपाली बजारमा अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले नामका ४ मोडलहरु प्रस्तुत गरेको छ । यी सबै मोडलहरु नयाँ वर्षसँगैं उपभोक्ताहरु समक्ष उपलब्ध हुने छन् ।

अनरले यसको मूल्य, डिजाइन र कार्य दक्षताबीचको सन्तुलनका साथ नयाँ अध्याय कायम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment