Comments Add Comment

जनप्रतिनिधिलाई विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण

२० पुस, गुल्मी । गुल्मीमा सशस्त्र प्रहरी बल गुल्मले अग्नी नियन्त्रण तथा विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामुलक प्रशिक्षण कार्यक्रम गरेको छ । मुसिकोट नगरपालिकामा जनप्रतिनिधि र स्थानीयलाई अग्नी नियन्त्रण सम्बन्धी जनचेतना दिएको हो ।

सशस्त्रले नगरपालिकामा पुगेर जनप्रतिनिधि, आमा समूह, स्थानीय अगुवालाई राखेर बिपद् ब्यवस्थानसँगै अग्नी नियन्त्रण सम्बन्धी अभ्याससहित सचेतना कार्यक्रम गरेको हो ।

वामीस्थित रूद्रावती बहुमुखी क्याम्पस वामीमा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटासहित जनप्रतिनिधिहरु, कर्मचारी, शिक्षाप्रेमी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment