Comments Add Comment

५३ वर्षमा पनि आफूलाई कसरी फिट राख्छन् सलमान ?

बलिउड अभिनेता सलमान खान उमेरले ५३ बर्ष पार गरिसके । हामीकहाँ भने यत्तिका उमेरमा बुढ्यौलीले छोपिसक्छ । जागिरबाट अवकास लिने बेला भइसक्छ । शरीरको रंग उडिसक्छ । कपाल फुलिसक्छ । अनुहार चाहुरिन्छ । शरीर कुपि्रन थाल्छ ।

तर, सलमान खान अझै १६ बर्षे जोशका देखिन्छन् । उनमा त्यही उर्जा र उत्साह देखिन्छ, जो कलकलाउँदो युवामा हुन्छ । अहिलेसम्म विवाह गरेका छैनन् । लभ रोमान्समा भने देखिन्छन् । लभ रोमान्स र व्यक्तिगत जीवनसँगै उनको व्यवसायिक जीवन चलायमान छ । उनी एकक्षण फुर्सद बस्दैनन् । एकपछि अर्को फिल्मले उनलाई विश्राम गर्न पनि दिदैन । जबकी उनीको केही स्वास्थ्य समस्या छ ।

आखिर जे भएपनि सलमान खान तगडा छन् । फुर्तिला छन् । आखिर कसरी उनले आफुलाई यो उमेरसम्म फिट एन्ड फाइन राखे त ?

खानपान नै हो प्रमुख कारण

सलमान खान आˆनो खानपानबारे निकै सचेत छन् । उनी आˆनो खानपानमा प्रोटिनयुक्त खानपानलाई विशेष महत्व दिन्छन् । र, यसको सेवन पनि धेरै गर्छन् । माछामासु, अण्डा, दूध, लगायतका खानेकुरा उनको खानपानको नियमित हिस्सा हुने गर्छ । यतिसम्म की उनी जुनसुकै ठाउँमा गएपनि उनी त्यही खानेकुरामात्र खान्छन्, जुन उनको डायटिसियन र पर्सनल ट्रेनरले बताउने गर्छन् ।

डाइट चार्ट

सलमान खान ब्रेकफास्टमा चारवटा अण्डाका साथ फ्याट दूध खान्छन् । जसमा वर्कआउट भन्दा पहिले उनी दुई वटा अण्डाका साथ एमिनो एसिड ट्याबलेटको साथमा प्रोटिन शेक पिउँछन् । वर्कआउट पछि तीन वटा अण्डाको सेतो भाग खान्छन् । लञ्चमा तरकारी र सलादको साथमा रोटी खाने गर्छन् ।  साझको नास्तामा उनी प्रोटिन बारको साथमा ड्राई प|mुट खान्छन् भने रातमा उनी तरकारीको सूप, फिश, चिकेन र दुईवटा अण्डाको सेतो भाग खान्छन् ।

वर्कआउट प्लान

फिटनेश ट्रेनरका अनुसार सलमान दिनमा लगभग दुई हजार सिटअप, हजार पुशअप तथा पाँच सय एम्बोमिनल क्रंचेज गर्छन् । उनी कम्तीमा तीन घण्टा एक्सरसाइज गर्छन्, जसमा उनी आˆनो एब्;m बाइसेप्स, ट्राईसेप्समा ध्यान दिने गर्छन् । यसबाहेक, पनि उनी करिब दश किलोमिटर साइकल कुदाउने गर्छन् ।

वर्कआउट सेड्युल

वर्कआउटका क्रममा सबैभन्दा पहिले सलमान वार्मअपप गर्छन् । यसको लगत्तै उनी डेड लिˆट, सोल्डर पुश प्रेस गर्छन् । त्यसबाहेक, चार सेट सानो मसल्सका लागि एक्सरसाइज गर्छन् । जसमा छ देखि आठ रिप्स समावेश छन् । र बडी मसल्सको लागि १२ देखि १४ रिप्स गर्छन् । उनी मुख्यत मंगलबार, विहिवार र शनिवारको एब्स र कार्डियो एक्सरसाइजमा फोकस रहने गर्छन् ।

बडी विल्डिङ्ग टिप्स

सलमान खानका अनुसार सुगठित शरीरका लागि दृढ संकल्प र समर्पणको भावना जरुरी छ । यसबाहेक, अनुसासनमा रहन जरुरी छ । प्रतिदिन दुई देखि तीन घण्टा गर्न जरुरी छ । जसमा साइकिलिङ्ग, स्वीमिंग पनि समावेश छन् । यसको साथमा खानपानमा पनि उत्तिकै ध्यान दिन जरुरी छ । यसले लाइफस्टाइल राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment