Comments Add Comment

क्रिकेटको कथामा फिल्म बन्ने, पारसले गरे घोषणा

’एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस’ले अब चलचित्र निर्माण गर्ने भएको छ । एक्सपर्टले क्रिकेट सम्बन्धी चलचित्र निर्माण गर्न लागेको संस्थाका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए ।
सिड्नीमा आयोजित कार्यक्रममा कप्तान खड्काले एक्सपर्टका निर्देशक संजिब शर्माले चलचित्रको निर्माण गर्न लागेको बताएका हुन् ।

कप्तान खड्काले खेलकुद विधामा कम चलचित्र निर्माण भइरहेको अवस्थामा यसको घोषणा उत्साहजनक भएको बताए । ‘खेलकुद विधामा कम चलचित्र निर्माण भइरहेको अवस्थामा क्रिकेट सम्बन्धी फिल्म निर्माणको खबर निकै उत्साहजनक छ । चलचित्रमा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा हुनेछ,’ खड्काले भने ।

चलचित्रमा सुनोद श्रेष्ठको मुख्य भूमिका रहनेछ । अन्य कलाकार र निर्देशक भने छिट्टै सार्वजनिक हुने चलचित्रका निर्माता संजिव शर्माले जानकारी दिए । मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु चलचित्र हो । यसअघि उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment