+
+

जनता आवासका नाममा वेथिती : पक्की घर बन्ने आशमा ठगिए ३४ परिवार

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २४ गते १६:१९

२४ पुस, विराटनगर । फुस्को घरमा बस्दै आएकी मोरङ जहदा गाउपालिका–१ धुनी गाउकी अनारी मण्डलले थोरै लगानीमा घर बन्ने आश्वासन आएपछि सुन धित्तो राखेर छिमेकी दिलबहादुर गुरुङ (दिलिप) लाई ४० हजार रुपैयाँ बुझाइन् ।

दुई कोठे पक्की घर बनाइदिने आश्वासन दिएपछि उनले रकम बुझाएको पनि १ बर्ष भयो । तर अझै घर बन्ने सुरसार छैन् ।

उनी जस्तै फुस्को घरमा बस्दै आएका ३४ छिमेकी पक्की घरमा बस्ने आशासहित ४० हजारका दरले १३ लाख ६० हजार गुरुङलाई बुझाए । एक बर्ष अघि ४० हजारका दरले रकम उठाएका गुरुङले घर निर्माण गरेका छैनन् । केही महिनाभित्र घर बनाउने आश्वाससहित पैसा उठाएका गुरुङले रकम फिर्ता गर्न पनि गर्दैनन् ।

जनता आवास कार्यक्रम अन्तर्गत दुई कोठे घर बनाइदिने भन्दै गुरुङले रकम उठाएर खाएपछि धुनी गाउँका ३४ परिवार बिचल्नीमा परेका छन् । पक्की घर बनाउने आसमा बसेका हरिनारायण सरबरीया पनि ठगिएको गुनासो गर्छन् । ऋण खोजेर घर बनाएको बताउदै उनी आफूहरु बिचल्नीमा परेको गुनासोा गर्छन् ।

‘मिस्त्री खर्च व्यहोरेमात्र पुग्ने भन्दै ४० हजार रुपैया लिए ।’ उनले भने ‘ थोरै लगानीमा घर बन्ने भएपछि सबैले पैसा बुझाए ।’ उनी गुरुङले आश्वासन दिएपछि स्थानीयले कुनै कागज नै नगरी पैसा बुझाएको बताउछन् ।

जनता आवास अन्तर्गत मोरङका विभिन्न स्थानमा घर निर्माणको काम चलिरहेको छ । विराटनगर १८ स्थित फडानी टोलमा रहेको ऋषिदेव वस्तीमा पनि जनता आवास अन्तर्गत घर निर्माणको काम भइरहेको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत नजिकैको बस्तीमा घर बनेपनि आफ्नो घर नबनेपछि एक बर्ष अघि रकम बुझाएका स्थानीयले आफू ठगिएको जनप्रतिनिधी गुहारेका छन् । ‘एक जना मात्र होइन ३४ परिवारबाट रकम उठाएको छ ।’ जहदा गाउपालिका अध्यक्ष कैलाश मण्डलले भने ‘ रकम उठाउनेले सार्बजनिक रुपमा कबुल पनि गरेका छन्, फिर्ता गर्न भनेका छौ ।’ गुरुङले उठाएको रकम फिर्ता नगरे कारवाहीकालागि प्रशासनलाई बुझाउने अध्यक्ष मण्डलले बताए ।

केही दिन अघि जनप्रतिनिधिहरुको रोहबरमा गुरुङले पैसा फिर्ता दिने प्रतिबद्धता जनाएका थिए । तर अझै फिर्ता गरेका छैनन् । जहदा गाउपालिका वडा नम्बर १ का वडा सचिव धर्मराज अधिकारी ठगिएका स्थानीय र गुरुङ बिच मौखिक सहमती गराएको बताए । यता रकम उठाएका गुरुङ भने सम्पर्कमा आउन चाहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?