Comments Add Comment

सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२५ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव छन् ।

अख्तियारकाअनुसार २८ माघ २०३८ मा सार्वजनिक पद धारण गरेको उनले २ करोड १० लाअ ७७ हजार ४ रुपैयाँ १६ पैसा आय आर्जन गरेको देखिएको छ । तर, उनी र उनको परिवारको चल अचल सम्पत्ति, सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकमा ३ करोड ४४ लाख ७७ हजार ५८० रुपैयाँ ९२ पैसा खर्च गरेको भेटिएको छ ।

एक करोड ३४ लाख ५७६ रुपैयाँ ७६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ । श्रेष्ठले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको देखिएको भन्दै अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment