Comments Add Comment

हिल्सा र पशुपतिनगरपछि विराटनगरमा अध्यागमन कार्यालय राखिँदै

२५ पुस, काठमाडौं । अध्यागमन विभागले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप दुई स्थानमा कार्यालय स्थापना गरेको जनाएको छ । विभागका अनुसार हुम्लाको हिल्सा र इलामको पशुपतिनगर नाकामा अध्यागमन कार्यालयको स्थापना गरिएको जनाएको हो ।

विभागका प्रमुख ईश्वरराज पौडेलले भने, ‘ती दुई स्थानमा अध्यागमनको कार्यालय स्थापन गरेर सेवा आरम्भ भइरहेको छ ।’ त्यस्तै, विराटनगरमा अध्यागमन कार्यालय स्थापन गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले जनाए ।

उनका अनुसार बुटवलमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आउन साथ त्यहाँ पनि अध्यागमनको सेवा सञ्चालन गरिनेछ । त्यसका लागि आवश्यक तयारी प्रारम्भ भइसकेको उनले जानकारी दिए ।

विभागबाट प्रदान गरिने सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन टोकल प्रणालीको प्रयोग र अनलाइन् एप्लिकेशन जस्ता सुधारका कार्यहरु पनि भइरहेको महानिर्देशक पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment