Comments Add Comment

नेपाल र जापानबीच सिधा हवाई उडान सम्झौता

२५ पुस, काठमाडौं । नेपाल र जापानबीच बुधबार सिधा हवाई सेवा सम्झौता भएको छ । जापानका विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले बुधबार बेलुका काठमाडौंमा एक समारोहकाबीच हवाई सम्झौतामा हस्ताक्षर गरे ।

जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार अपरान्ह ४ बजे काठमाडौं आइपुगेका हुन् । यसअघि सन् १९९३ मा जापानसँग भएको सम्झौतालाई नवीकरण गर्न गत असारमा दुई देशबीच सहमति भएको थियो । नयाँ सम्झौतापछि नेपाल-जापानबीच सातामा १४ वटासम्म उडान गर्न सकिने छ ।

जापानको नारिता विमानस्थलसहित अन्य विमानस्थलबाट यो सेवा सञ्चालन हुनेछ । टोकियोको सबैभन्दा ठूलो एयरपोर्ट हानडामा भने नेपाली वायु सेवाले प्रवेश पाउने छैन ।

यो सम्झौता पछि जापानमा बस्ने नेपाली र जापानबाट आउने पर्यटकले अधिकतम् लाभ उठाउन सक्नेछन् ।

नेपाल वायु सेवा निगमको सेवा विस्तार र नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सरकारले जापानमा पनि सिधा हवाई उडान गर्न पहल गरिरहेको छ ।

नेपाल-जापान सिधा उडान शुरु भएपछि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानी पर्यटक नेपाल भित्र्याउन मद्दत सरकारको विश्वास छ ।

नेपाल वायु सेवा निगमका विमानले भारतका तीन सहरहरु मुम्बई, बेंगलुरु, दिल्लीसहित दुवई, हङकङ, मलेसिया, दोहा कतार, बैंककमा उडान भर्दै आएका छन् । अब वायडबडी विभान जापान, कोरिया र चीनमा उडाउने योजना निगको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment