Comments Add Comment

अब गाईको लागि होस्टेल

विद्यार्थीका लागि छात्रावास अर्थात् होस्टेल हुनु त स्वभाविकै हो । तर भारतको नयाँदिल्लीमा भने गाईका लागि होस्टेल बनाइँदैछ ।

दिल्ली सरकारका एकजना मन्त्रीले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार उक्त गौ आवासमा गाईका लागि खानपिन देखि स्याहार सुसार सबैको बन्दोबस्त हुनेछ । आफ्नो गाईलाई होस्टेलमा राख्नका लागि किसानले शुल्क तिर्नुपर्नेछ ।

गाईको स्वास्थ्यको ख्याल गर्नका लागि गाईमा माइक्रोचिप जडान गरिनेछ र त्यहाँ पशु अस्पताल पनि रहनेछ ।

घुम्मन हेडा गाउँमा रहेको १८ एक्कड जमिनमा गौशालासँगै एउटा वृद्धाश्रम पनि बन्नेछ । जहाँका बुढापाकाहरुले गाइको स्याहार गर्नेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment