२९ पुस, काठमाडौं । दोस्रो बजारमा प्रतिकित्ता ९ सय २० रुपैयाँमा कारोबार भइरहेको किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर लिलामीमा खुलेकोको छ ।
गत बिहीबार ९ सय २० रुपैयाँमा कारोबार भएको यस संस्थाको सेयर न्युनतम् एक सय रुपैयाँ तोकेर आज आइतबारदेखि लिलामीमा खुलेको हो ।
यो संस्थाले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा आवेदन नपरेको शेयर लिलामीबाट बेच्ने भएको छ ।
लिलामीमा किन्न चाहानेले न्युनतम एक सय रुपैयाँ कवोल गरेर न्युनतम एक सय कित्ताका लागि आवेदन दिनु पर्नेछ । लिलामीका लागि संस्थाको बिक्री प्रवन्धक सिभिल क्यापिटलले माघ ६ गतेदेखि १३ आवेदन खुला हुने बताएको छ ।
संस्थाले संस्थापक समूहतर्फको ४ हजार ९७ र सर्वसाधारण समूहतर्फको १८३ कित्ता गरी कुल ४ हजार २८० कित्ता सेयरको लिलामीबाट बिक्री गर्ने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4