+
+
Shares

वाइडवडी प्रकरणः सांसद भट्ट संयोजक रहेको उपसमितिको प्रतिवेदन यसै साता

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २९ गते ११:१५

२९ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता छानविनका लागि गठन गरिएको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले यसैसाता प्रतिवेदन तयार गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वाइडबडी प्रकरणका विषयमा छानविन गरी प्रतिवेदन बुझाउन एक महिनाको समयसीमा दिएर नेकपा सांसद दीपक भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

यसैसाता प्रतिवेदन तयार गर्ने गरी काम भइरहेको उपसमितिका संयोजक भट्टले जानकारी दिए ।  उनले भने, ‘हामी अहिले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा छौं, यसै साता हामी जहाज खरिदका लागि निगमले बनाएको समितिसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रुप दिनेछौं ।’

उता सार्वजनिक लेखा समितिले पनि यस विषयमा छलफल गर्न नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति भन्दा करिब १५ दिन ढिला गठन गरेको भए पनि केसी संयोजकत्वको उपसमितिले प्रतिवेदन बुझाएर समितिबाट संशोधनसहित पारित समेत भइसकेको छ ।

केसी संयोजकत्वकाृ उपसमितिले ४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार ठहर भएको भन्दै रकम एकिनसमेत गरेको छ । भट्ट संयोजकत्वको समितिले भने भ्रष्टाचार भएको रकम भने एकिन नगर्ने भएको छ ।

उपसमितिका संयोजक भट्टले प्रारम्भिक छानविनका क्रममा अनियमितता भएको बुझिए पनि रकम भने खुल्न नसकेको बताए ।
उनले भने, ‘हामीले यससँग सम्बन्धित सबैसँग बुझ्यौं अनियमितता भएको भन्ने कुरा आयो तर केकति रकम भन्ने पत्ता लाग्न सकेको छैन ।’

यद्यपि कोको दोषि देखिए भन्ने विषय भने अध्ययनकै क्रममा रहेको भन्दै सांसद भट्टले बोल्न चाहेनन् । भट्टको उपसमितिमा सांसद दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलकुमारी यादव र सुदन किराती सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?