Comments Add Comment

सय वर्ष पुरानो रुखको ठुटोमा अनौठो पुस्तकालय

यदि तपाईंमा किताब पढ्ने शोख छ भने यो खबरबाट निकै रोमाञ्चित हुनुहुनेछ । एकजना पुस्तकप्रेमीले १ सय १० वर्ष पुरानो रुखमा पुस्तकालय खडा गरेका छन् ।

लिटिल फ्री लाइब्रेरी नामक उक्त अनौठो लाइब्रेरी एकजना पुस्तकप्रेमी महिलाले स्थापना गरेकी हुन् । सय वर्ष पुरानो रुखको ढुटोमा बनाएको त्यो पुस्तकालयले धेरैलाई अचम्ममा पार्दछ ।

अमेरिकाको इडाहोमा बनेको यो पुस्तकालय बुढो रुखको ठुटोमा रहेको छ । यो पुस्तकालय स्थापना गर्ने व्यक्ति शराली आर्मितागे होवार्ड हुन् । उनी इडाहोस्थित एउटा पुस्तकालयमा लाइब्रेरियनको जागिर गर्थिन् । स्थानीय मानिसहरुका लागि एउटा मज्जाको पुस्तकालय खोल्ने उनको योजना थियो ।

जब आफ्नो घर अगाडिको बगैँचामा रहेको १ सय १० वर्ष पूरानो रुख ढाल्नका लागि ठुट्याइयो उनको मनमा अनौठो आइडिया फुर्यो, बँचेको ठुटोमा पुस्तकालय बनाउने ।

त्यसपछि उक्त रुखको ठुटोमा तलबाट प्वाल पारेर ढोका बनाई भित्र खोपियो । भित्र खोक्रो पारेर माथिबाट छानो समेत हालियो । रुखको ठुटोभित्र किताबहरु राख्ने घर्रा समेत बनाएर हालियो । जसमा उनले आफुलाई मनपर्नेलगायतका विभिन्न पुस्तकहरु राखेर गज्जबको पुस्तकालय तयार पारिन् ।

यो पुस्तकालय अहिले स्थानीय क्षेत्रमा निकै चर्चित बनेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment