Comments Add Comment

पुलिससँग मनाङ पराजित, निरकुमारको निर्णायक गोल

२९ पुस, काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आइतबार भएको खेलमा शहीद स्मारक ए डिभिजन लिगको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । पुलिसको जितमा निरकुमार राईले निर्णायक गोल गरे ।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको दोस्रो हाफमा भने मनाङले गोल खान पुगेको थियो ।

खेलको ६८ औं मिनेटमा पुलिसले अग्रता लियो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई निरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्न सफल भए । ८० औं मिनेटमा पुलिसका अब्दु करिमको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो

पुलिसले अब सेमिफाइनलमा संकटा र क्यामरुनको धबाउफिन्स एफसीको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख  र  विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । सोमबार तेस्रो क्वार्टरफाइनलमा भ्याली च्यासल युवा क्लब र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment