Comments Add Comment

विप्लव समूहका दुई मजदुर नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

३० पुस, काठमाडौं । सर्वोच्च अदालतले विप्वल समूहका दुई मजदुर नेतालाई रिहा गर्न आदेश दिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले विप्लव निकट खानी मजदुर संगठनका नेताहरु लोकेन्द्रराज थापा, केशवबहादुर बुढा र विकास थापा तीन मजदुर नेतालाई चन्दा माग्दै धम्क्याएको आरोपमा शुक्रबार पक्राउ गरेको थियो ।

तर, परिवारका सदस्यले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्यो । त्यसमा सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले गैरकानुनी थुनामा राखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चका अनुसार लोकेन्द्रराज र केशवबहादुरलाई दिइएको पक्राउ पुर्जीमा अभद्र व्यवहारस्म्बन्धी कसुर भनिएको छ ।

तर, महाशाखाले अदालतलाई दिएको लिखित जवाफमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तरगत दफा ११८ को कसुरमा भन्ने उल्लेख छ ।

रितपूर्वक पक्राउ पूर्जी जारी नभएको र थुनामा राख्नुपर्ने पर्याप्त कारण नभएको सर्वोच्चको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment