Comments Add Comment

भरत खवासको ह्याट्रिकले आर्मी विजयी

३० पुस, वीरगञ्ज । भरत खवासको ह्याट्रिकसँगै दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा आर्मी विजयी भएको छ ।

वीरगञ्जको नारायणी रंगशालामा जारी प्रतियोगितामा आर्मीले बारा सिमराको नवजनजागृति युवा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफको ४२ औं मिनेटमा गोल गर्दै भरत खवासले आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ शुरु भएको दुई मिनेटमै अर्काे गोल थपेर अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ३४ औं मिनेटमा नवजनजागृतिका खेलाडीले डि बक्समै खवासमाथि फल गरेपछि रेफ्रीले पेनाल्टी दिए । पेनाल्टीलाई सदुपयोग गर्दै खवासले बललाई जाली चुमाएर हृयाट्रिक गरे ।

प्रतियोगितामा दोस्रो ह्याट्रिक गर्न सफल आर्मीका भरत खवास नै म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितामा भोलि झापा-११ र भारत सिलगुडीको रोयल एफसीबीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले कपसहित नगद पाँच लाख ५५ हजार ५५५ र उपविजेताले दुई लाख ७७ हजार ७७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

वीरगञ्जका पूर्वराष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा गत वर्षदेखि गोल्डकपको शुरुआत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment