Comments Add Comment

दक्षिण अफ्रिकाद्वारा पाकिस्तानमाथि क्लिन स्वीप

३० पुस, काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध तीन खेलको टेष्ट क्रिकेट सिरिज क्लिन स्वीप गरेको छ ।

तेस्रो तथा अन्तिम टेष्टमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १०७ रनले पराजित गरेसँगै सिरिज क्लिन स्वीप गरेको हो ।

३८१ रनको चुनौती पछ्याउँदै दोस्रो इनिङ थालेको पाकिस्तानले सबै विकेटको क्षतिमा २७३ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका लागि असद शाफिकले ६५ रन बनाए । त्यस्तै, शादब खानले अविजित ४७ रन बनाएका थिए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबडा र डुयनी भोलिभरले समान ३–३ विकेट लिए ।

यसअघि द वान्डरेर्स रंगशालामा दक्षिण अफ्रिकाले आफ्नो दोस्रो पारीमा सबै विकेटको क्षतिमा ३०३ रन बनाएपछि पाकिस्तानले ३८१ रनको चुनौती पाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्वोइन्टन डि कक्ले शतकसहित १२९ रन बनाउँदा हसिम अमलाले ७१ रन बनाए । बलिङतर्फ पाकिस्तानका लागि शादब खान र फहिम अश्रफले समान ३–३ विकेट लिए । दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा भने २६२ रन बनाएको थियो ।

यता, पाकिस्तानले भने आफ्नो पहिलो इनिङमा खराब प्रदर्शन गर्दै १८५ रनमै सबै विकेट गुमाएको थियो । पाकिस्तानका लागि शरर्फराज अहमेदले ५० र बाबर अजामले ४९ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment