Comments Add Comment

वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा पारस र सन्दीपसँगै ५ जना

३ विधाका मनोनयन सार्वजनिक

१९ फागुन, काठमाडौं । क्रिकेट खेलाडी संघ सिप्यानको आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ का लागि आइतबार विभिन्न ३ विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र १९ वर्ष उदीयमान क्रिकेट खेलाडी विधामा ५/५ जनाको नाम सार्वजनिक गरिएको हो ।

वर्ष क्रिकेट खेलाडीतर्फको मनोनयनमा दीपेन्द्र सिंह ऐरी, करण केसी, पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी परेका छन् ।

त्यस्तै वर्ष क्रिकेट खेलाडी महिलाको मनोनयनमा इन्दु शर्मा, करुणा भण्डारी, सविना श्रेष्ठ बेलबासी, सरिता मगर र सीता रानामगर रहेका छन् । उदीयमान खेलाडीको मनोनयनमा अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा रहेका छन् ।

वर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रुपैयाँ छ भने वर्ष क्रिकेट खेलाडी महिला र उदीयमान क्रिकेठ खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ ।

तीन विधाका योग्य खेलाडी छनोट गर्न मुख्य प्रशिक्षक जगत टमाटा, प्रशिक्षक विनोद दास, अम्पायर विनयकुमार झा र दुर्गानाथ सुवेदी खेलकुद पत्रकार मञ्चका प्रतिनिधिहरु सरिता श्रेष्ठ र सुवास हुमागाई र टेक्निकल कोअर्डिनेटर रमन शिवाकोटी रहेको एक प्राविधिक समिति गठन गरिएको थियो ।

प्रत्येक विधाको विजयी खेलाडीको नाम फागुन २१ गते आयोजित समारोहमा घोषणा गरिनने क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले जनाएको छ ।

सिप्यान क्रिकेट अवार्डका लागि मोमेन्ट अफ दि इयर विधाका लागि क्रिकेटका १० उत्कृष्ट क्षणको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । लाइफ टाइम अचिभमेन्ट अवार्डको घोषणा भने फागुन २१ गते आयोजित समारोहमा नै हुने आयोजक क्रिकेट खेलाडी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment